कविता, गीत

अनन्त तिर्खा (कविता सँग्रह)

अनुदित पाँच गीत, कविता

च्याटकी सम्पदासित

गाउँकी चन्द्रमा

शहरकी चन्द्रमा

Express Beauty

एक्सप्रेस सुन्दरी

जंगली कविता

वैशाख सिम्फोनी

देउताको जन्म

हराएको कविता

मौन वार्ता

शहरमा रात

टायर चित्र

गुमनाम बुढाथोकी‍‍‍‍

नग्न सम्बोधन

कमिज डट कम ‍‍‍

शरीर ‍‍‍‍

निबन्ध स्मरण

फूलैको रस लेऊ...

रक्सिदै नरक्सिएको साँझ

असिना छल्दै पोथना

युरोपमा बुद्धको पलेँटी...

पेमाको पलेँटी

प्रेमदेवको धीन्धीनाधीन्

धराशयी समय

बरालिएको मन

गोरेटो र देउताको बीच...

प्रेमपत्र र गायन

निशब्द सङ्गीतमा‍‍‌‌‌ पहिचान‍

कलाचन्दको सुर-प्रेमभित्र ‍

कार्यपत्र

संगीत र नाटकको सम्बन्ध

Blog /Categories

 

 

लेख्ने के,लेख्ने किन ?

लेख्ने के ?

सोच्दासोच्दै फुरेको सुन्दर विषय पनि गायब हुन्छ प्रायजसो । त्यसैले धेरै सोच्नु पनि प्रत्युत्पादक हो कि ठान्छु । फेरि नसोची त कसरी जाग्रित हुन्छ र अन्तर-मनको अभिव्यक्ति ? त्यसैले थोरै सोच्छु र केही लेख्छु भन्नु ठीक होला ।

लेखनको प्रारम्भ कसरी भोयो या गरेँ ? ठ्याक्कै सम्झना भएन भनूँ । तर एउटा घटना याद छ - 'जतिखेर संगीतले मेरो मनमा गहिरो जग हालिसकेको थिएन । गाउँको माटेघरमा थिएँ,९० सालको भूकम्पभन्दा पनि पुरानो रे । किसोर उमेर थियो । मनमा अनेक कल्पनाका लहर उठ्थे । त्यो दिन भने मन उदास थियो । किन ? खै ! थाहा छैन । छिनछिनमा सुस्केराका फोहोरा छुट्थे । सायद मैले त्यही दिनदेखि लेखनको थालनी गरेँ । एउटा कविताबाट ।

यसै घटनालाई आधार मानेर पहिलेदेखि भन्दै आएको छु र अहिले पनि भन्छु- म त आफ्नै उछ्वास लेख्दो रहेछु, उतिबेलादेखि नै । बेला त धेरै फेरिइसक्यो । तर उछ्वास अहिले पनि चलि नै रहेछ र सायद त्यही नै लेखिरहेछु ।

लेख्ने किन ?

सिधै भने भइगो'- उही उछ्वास पोख्न । सुस्केरा बिसाउन ।

तर त्यो र तीभन्दा पर पनि केही छ कि ?

त्यही छ कि भन्ने भ्रममा अल्झिएका हामी । केही न केही गरिरहन्छौं । त्यही केही गर्ने क्रमको एउटा क्रिया रहेछ - लेखन । तर लेखिसकेपछि यो मेरोमात्र उछ्वास हो भन्न पनि नमिल्ने रहेछ । यसभित्र अनेकौं अदृष्य पत्र खप्टिएका हुँदा रहेछन् । म आफूसितमात्र प्रतिबद्ध छु भन्नै नमिल्ने रहेछ ।

त्यसैले मैले अब भन्ने निधो गरेको छु- लेख्नुपूर्वको निजी प्रतिवद्धता भत्काउने हतियार रहेछ - लेखन । यस अर्थमा निजत्व भत्काउने कर्म रहेछ - लेखन । निजत्व भत्कनुको अर्थ नै सामुहिकताको आरम्भ हो नि ! भनिदिउँ न ! भन्दैमा के फरक पर्छ र ?

त्यही भत्कँदै गरेको निजत्वबाट उछिट्टिएका भावनाहरू यस पृष्ठमा सँग्रह गरेको छु । कविता, गीत , निबन्ध, नियात्रा जेका माध्यमबाट आए पनि यदि यिनले तपाईंसित सम्वाद कायम गर्न सके भने मेरो निजत्वले सामुहिकताको एउटा सानो अंश अंगाल्न थालेछ भन्ने सोच्छु ।

 

नेपाली आधुनिक गीत-संगीतमाथि अधारित रहेर सञ्चालन हुँदै आएको पलेँटी–शृंखला छैठौं वर्षमा चल्दैछ । नेपालयले सञ्चालन गर्दैआएको यस लघुसांगीतिक अभियानमा हालसम्म नेपाल र दार्जिलिङका धेरै, प्रतिष्ठित गायक, गायिका, गीतकार र संगीतकारको सहभागिता भइसकेको छ । २०१० को पलेँटीमा अरु धेरै कलाकार समेटिएका छन् । यस वर्षको पलेँटीमा उत्तर–पूर्वी भारत र भुटानका नेपालीभाषी कलाकार पनि संलग्न हुने क्रम निरन्तर छ । साथसाथै नेपाल र दार्जिलिङका थप सुप्रसिद्ध नेपालीभाषी गायक, संगीतकार तथा गीतकारहरूको निरन्तरता पनि कायम रहेको छ । नेपाली सिर्जनात्मक आधुनिक संगीतप्रति माया जगाउने लक्ष्य लिएर थालिएको यो अभियानमा श्रोता र दर्शकको रुपमा तपाईंको योगदानले नै मुख्य भूमिका निभाउँछ ।

अँग्रेजी महिनाको अन्तिम शुक्रबार

Every last Friday of the month

aavaas@nepalaya.com.np

Shaadi.com Indian Matrimonials


design: naad-music laboratory